Logo

बागमती प्रदेश सरकारबाट एमाले आजै बाहिरिने



काठमाडौं, ८ चैत्र । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा सहभागी रहेको एमाले केन्द्रमा आएको सत्ता समीकरण परिवर्तनसँगै बागमती प्रदेशबाट पनि बाहिरिने भएको हो ।

प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्न अहिले केहीबेरमा प्रदेश संसदीय दलको बैठक बस्ने तयारी भइरहेको एमाले बागमती प्रदेश सभा सदस्य उर्मिला सुनुवारले बताईन् ।

रिपोर्टर्स नेपालका लागि पत्रकार कमल बुढाथोकीसँग संक्षिप्त कुराकानी गर्दै उनले भनिन्–‘कांग्रेस र माओवादी मिलेर सरकारको पुनर्गठन गर्ने सहमति गरेकाले हामी प्रदेश सभामा आफ्नो धारणा राखेर आजै सरकारबाट बाहिरिदै छौं । त्यसका लागि केहीबेरमा बस्ने पार्टी संसदीय दलको बैठकले निर्णय लिनेछ । सरकारबाट बाहिरिने निश्चित भइसकेको छ ।’

मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । कांग्रेसका प्रायः सबै प्रदेश सभा सदस्य काठमाडौं भएकाले आज आफूहरु उपस्थित हुन नसक्ने कांग्रेस संसदीय दलले जानकारी गराएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्