Logo

पुर्वराजा र राप्रपा नेताहरुबीच भेटवार्ता



काठमाडौं,८ चैत ।  पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको दमक पुगेका थिए ।

बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताईएको छ । भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी, डा धवलशमसेर जवरा र रवीन्द्र मिश्र पनि सहभागी थिए ।
राप्रपा सरकारमा गएपछि पछिल्लो समय राजा र राप्रपाबीच सम्बन्ध चिसिएको अड्कल भईरहेको बेला भएको भेटलाई अर्थ पुर्णरुपमा हेरिएको छ ।
राप्रपाले नेपालमा संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्नुपर्ने मुद्दालाई जोडतोडका साथ उठाईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्