Logo

मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दिने



काठमाडौं, ८ चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । प्रदेश सरकारबाट राप्रपा बाहिरिएसँगै उनले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

जम्कट्टेललाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ । आज बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्