Logo

वल्र्ड ह्यापिनेस रिर्पोट २०२३ मा नेपाल ७८ औ स्थानमा



काठमाडौं, ८ चैत । विश्व खुसी दिवसको अवसरमा सार्वजनिक वल्र्ड ह्यापिनेस रिर्पोट २०२३ मा नेपाल ७८ औ स्थानमा उक्लिएको छ ।

१३७ राष्ट्र सम्मिलित यो सुचिमा फिनल्याण्ड पहिलो स्थानमा रहेको छ विगत ६ वर्ष देखी फिनल्याण्ड यो सुचिको अग्रस्थानमा रहेको छ , भने अफ्गानस्थान यो सुचिको अन्तिममा रहेको छ । छिमेकी देशहरु चीन र भारत क्रमश.. ६४ र १२५औ स्थानमा रहेको छ ।

सुचिको दोस्रो स्थानमा डेनमार्क, तेस्रोमा आइसल्याण्ड, चौथोमा इजरायल र पाँचौंमा नेदरल्याण्डस छन् ।यो रिपोर्ट यूएन सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्कले १५० भन्दा बढी देशका मानिसमा गरेको विश्वव्यापी सर्वेक्षणबाट तयार गरेको हो ।यो रिपोर्ट कुल गार्हस्थ उत्पादन, स्वतन्त्रता, सामाजिक सुरक्षा जस्ता मापदण्डको आधारमा तयार गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्