Logo

बागमती प्रदेशसभाको बैठक १० गतेसम्म सर्यो



काठमाडौं ८ चैत । बागमती प्रदेशसभाको आजको बैठक स्थगित भएको छ । मुख्यमन्त्री सालिकराम जम्कट्टेलले विश्रासको मत लिने कार्यको लागी बोलाईएको बैठकमा नेपाली कांग्रेसका सांसदहरु उपस्थित नभएपछि आगामी १० गतेसम्म बैठक स्थगित भएको हो ।

जम्कट्टेल नेतृत्वको सरकारलाई विश्रासको मत दिने नदिने निर्णय लिन काठमाडौं भेला भएका कांग्रेस सांसदहरु हेटौडा नगएपछि बैठक रोकिएको बताईएको छ ।
सत्ता साझेदार दल राप्रपा सरकारबाट बाहिरिएपछि जम्कटेटेलले दोस्रोपटक विश्रासको मत लिन लागेका हुन ।
राप्रपा सँगै नेकपा एमालेले पनि विश्रासको मत नदिने बताईुकेको हुँदा जम्कट्टेललाई सरकार टिकाउन नेपाली कांग्रेसको समर्थन आवश्यक हुन्छ ।



प्रतिक्रिया दिनुहोस्