मन्त्रालयको भागबण्डा टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक सुरु


काठमाडौं, ८ चैत्र । सत्तारुढ १० दलीय गठवन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । प्रचण्डले दोस्रोपटक विश्रासको मत लिएपछि पहिलोपटक बैठक बस्न लागेको हो ।

आजको बैठक मुख्यतः मन्त्रीपरिषद विस्तार ,प्रदेश सरकार पुर्नः गठन र बैशाख १० मा हुने उपनिर्वाचनको बारेमा छलफल केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।