Logo

राष्ट्रपति पौडेलसँग चीनका राजदूतको शिष्टाचार भेट



काठमाडौं ८ चैत्र । नेपालका लागि चीनका राजदूत चेन सङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत सङले बुधवार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका बिषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्