Logo

साहित्यकार थपलियाको कृति ‘सत्ताको मान्छे’ माथिको अन्तरक्रिया कार्यक्रम सप्पन्न



काठमाडौं, ८ चैत्र । पेरोल साहित्य प्रतिष्ठान नेपालको आयोजना र काव्य घर नेपाल मिडिया प्रालिको सहकार्यमा साहित्यकार तथा वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको कृति सत्ताको मान्छे कविता सङ्ग्रहको अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वकूलपति गङ्गाप्रसाद उप्रेती, साहित्यकार तथा पत्रकार पुरुषोत्तम दहाल, प्राज्ञ जगतप्रसाद उपाध्याय ,प्राज्ञ हेमनाथ पौडेल ,पूर्वमन्त्री देवि ओझा, लेखक गोपालप्रसाद थपलिया, प्राध्यापक डा. सावित्री कक्षपती, सुशीला थपलिया, डा. हरिप्रसाद सिलवाल, पेरोल साहित्य प्रतिष्ठानको अध्यक्ष रेणुका भट्टराईले संयुक्त रूपमा ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

वैराङ्गी जेठाले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पुरुषोत्तम दहाल,देवि ओझा,प्राज्ञद्वय जगतप्रसाद उपाध्याय र हेमनाथ पौडेल,लगायतले कृतिको चर्चापरिचर्चा तथा बधाई शुभकामना व्यक्त गरेका थिए।

साहित्यकार एवं पत्रकार सरस्वती गौतमले धन्यवाद मन्तव्य राखेको उक्त कार्यक्रममा अधिकांश वक्ताहरुले नेपाल प्रज्ञा प्रतिष्ठानजस्तो गरिमामय संस्थामाथि चौतर्फी आक्रमण भइरहेको र त्यसमा वर्तनान कार्यसमिति बढी जिम्मेवार बताएका थिए ।

थपलियाको सत्ताको मान्छे कविता कृति माथिको समालोचना समालोचक प्राध्यापक डा. सावित्री कक्षपती र डा. हरिप्रसाद सिलवालले बृहतरूपमा प्रस्तुत गरेका थिए । सत्ता नपाउन्जेल आकाशको तारा छार्छु भन्नेहरुले सत्तामा पुगेपछि विगत बिर्सेका उदाहरणहरुसमेत समालोचनामार्फत् पेश गरेका थिए ।

साहित्यकार तथा पत्रकार राजकुमार खड्गाले संचालन गरेको कार्यक्रममा सत्ताको मान्छे कविता कृतिका लेखकले आफूले देशमा परिवर्तनको निम्ति ठूलो योगदान गरेको तर सत्तामा पुगेकाहरुले आफ्नो त्यो योगदानलाई लत्याएको गुनासोसमेत व्यक्त गरे । आफूले पत्रकारिताबाट देशमा लोकतन्त्र ल्याउनका लागि धेरै संघर्ष गरेको र त्यसैबाट साहित्य जोड्दै जादा कृति जन्मिएको र अरु थप कृतिकोसमेत तयारी रहेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वकूलपति गङ्गाप्रसाद उप्रेतीले सत्ताको मान्छे कविता कृति आफैंमा सफल कृति रहेको र थपलिया नेपाली पत्रकारिता इतिहासको एउटा जिउँदो खम्बा भएको बताए ।

आयोजक सस्थाकोसमेत प्रशंसा गर्दै प्रमुख अतिथि उप्रेतीले नेपाल प्रज्ञा प्रतिष्ठानले अघिल्लो आफ्नो कार्यकालमा भएका राम्रा कामको अस्तित्व नामेट गर्न वर्तमान प्रज्ञा प्रतिष्ठान समिति रहेकोे गुनासो र चिन्ता पनि गरेका थिए। वर्तमान अवस्थामा सत्ताको मान्छे कविता कृति एउटा दर्शनको दस्तावेजसमेत रहेको उनको भनाई थियो । सम्पुर्ण बक्ताहरुले साहित्यकार एवं पत्रकार थपलियाको स्वास्थ अवस्थाको चिन्ता व्यक्त गर्दै स्वास्थ लाभको कामनासमेत गरेका थिए।

पेरोल साहित्य प्रतिष्ठान नेपालकी अध्यक्ष रेणुका भट्टराईले मकालु प्रकाशन गृहले प्रकाशन गरेको महत्त्वपूर्ण कृति सत्ताको मान्छे कविता सङ्ग्रहको अन्तरक्रिया तथा परिचर्चा कार्यक्रम गराउन पाएकोमा प्रकाशन सस्थालाई धन्यवाद व्यक्त गरिन् ।

कार्यक्रमको सभापतित्व पेरोल साहित्य प्रतिष्ठान नेपालको अध्यक्ष भट्टराईले गरेकी थिइन् । कार्यक्रममा स्रष्टाहरू पुष्कर लोहनी, प्राध्यापक डा. गोविन्द गुराइगाई, वैरागी जेठा, हरिप्रसाद सिलवाल, प्रकाश सिलवाल, नन्दबहादुर सुवेदी, प्रेमराज सुवेदी, युुवराज सुवेदी, दिनेश शिवाकोटी, करूण अर्याल, खोलाघरे साहिंलो, राजनप्रसाद न्यौपाने, सरस्वती गौतम, मणिराज सिंह, महेशप्रसाद रिजाल, सुरेश वैेद्य, इन्द्रप्रसाद लामिछाने, पुुष्कर लोहनी, छिन्नलता खत्री, सीता दाहाल, राकूम रिमाल, राजु निरौला, पुष्करराज भट्ट, गोपालकृष्ण खरेल, इन्दु पन्त, लक्ष्मी गुरागाईं, हरिकला उप्रेती, भीम उप्रेती, कृष्णकुमार लामिछाने, डा. गोविन्द गुरागाईं, राम मण्डल, पर्वत भट्टराई, घनश्याम पुडासैनीलगायतको सहभागिता रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्