Logo

उपेन्द्र यादव बाराबाट चुनाव लड्ने तयारी गरेपछि सिके राउत पुगे कलैया



काठमाडौं, ८ चैत्र । जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवं सङ्घीय सांसद डा सिके राउत बारा पुगेका छन् । बैशाख १० गते हुने बारा २ को उपनिर्वाचन नजिकिएसँगै राउत आज त्यहाँ पुगेका हुन् । सो क्षेत्रमा हुने उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिँदैछन् ।

यसअघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा राउतले यादवलाई पराजित गरेका थिए । बारा २ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव मुलुकको उपराष्टपतिमा निर्वाचित भैसकेका छन् । अहिले सो क्षेत्र खाली छ । त्यसको लागि निर्वाचन आयोगले बैशाख १० गते उपनिर्वाचन गराउँदैछ । उपेन्द्र यादव उपनिर्वाचनमार्फत संसद् प्रवेशको तयारीमा छन् । अहिले राउत यादवलाई रोक्ने रणनीतिमा रहेको चर्चा छ ।

राउतले आज सो क्षेत्रमा राजनीतिक भेटवार्तासमेत गरेका छन् । राउले मधेसी जनताको अधिकार दिलाएर छाड्ने उद्घोष गरेका छन् । । बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजित बृहत् पार्टी प्रवेश एवं आमसभामा बोल्दै उनले मधेसी जनतालाई अधिकार दिलाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले मधेसको विकास र अधिकारका लागि सहादत प्राप्त गरेका मधेसी सहिदको सपना साकार हुने गरी जनमत पार्टीले काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । मुलुकमा भ्रष्टाचार बढ्दै गएको भन्दै अध्यक्ष राउतले भ्रष्टाचारलाई न्यूनीकरण गर्दै विधिको शासन कायम गराउन, घरघरमा रोजगारी सिर्जना गर्न एवं किसानलाई सहुलियतमा मलखाद उपलब्ध गराउन राज्य संवेदनशील हुनुपर्ने बताए ।

जनमत पार्टी जनताको आशा एवं भरोसाको किरण रहेको भन्दै उहाँले जनमत पार्टीलाई मधेस प्रदेशमा सबैभन्दा ठूलो पार्टी बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्