Logo

निर्यातको दोब्बर इन्धन आयात



काठमाडौं, चैत ९। चालू आर्थिक वर्षको फागुनसम्ममा मुलुकले गर्ने कुल निकासीभन्दा इन्धन आयातमा बढि खर्च भएको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुनसम्म १ खर्ब ९६ अर्ब ३६ करोड रुपैयाँ बराबरको इन्धन (पेट्रोलियम पदार्थ) आयात भएको छ ।

यही अवधिमा मुलुकको कुल निर्यात व्यापार एक खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । यो इन्धन आयातको तुलनामा करिब आधामात्र हो ।

गत वर्ष भने निर्यात व्यापार २ खर्ब रुपैयाँ पुगेको थियो । विभागका अनुसार फागुनसम्ममा ९८ अर्ब ९५ करोड ८२ लाख रुपैयाँ बराबरको पेट्रोल ल्याएएको छ । त्यस्तै, ३८ अर्ब ७२ करोड ६० लाख रुपैयाँ बराबरको एलपी ग्यास तथा १४ अर्ब ५१ करोड ७२ लाख रुपैयाँ बराबरको हवाई इन्धन आयात भएको छ । आजको कारोबार दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्