Logo

स्ववियु निर्वाचन – दाङको महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ विजयी



काठमाडौँ ९ चैत्र । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु )को निर्वाचनमा दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ विजयी भएको छ ।

नेपाल विद्यार्थी संघका मनोज डिसी एक हजार ९६ मत प्राप्त गर्दै स्ववियु सभापति चुनिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अखिल संयुक्तका उम्मेदवार हिमाल महराले ६२० मत प्राप्त गरे ।

सचिवमा ९५५ मत प्राप्त गर्दै नेविसंघका बसन्त भण्डारी निर्वाचित भए । उनका प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले ५८३ मत प्राप्त परे । कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी निर्वाचित भएकी छन् ।



प्रतिक्रिया दिनुहोस्