Logo

संकटमा एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकार



काठमाडौं, ९ चैत्र । लुम्बिनीमा मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकार संकटमा परेको छ । केन्द्रमा आएको सत्ता समीकरणको फेरबदलसँगै प्रदेश सरकार पनि संकटमा परेको हो । लुम्बिनी प्रदेश सरकारलाई नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले केन्द्रको सत्ता गठबन्धनमा रहेका सबै दल प्रदेश सरकारबाट बाहिरिने तयारीमा रहेको बताए ।

रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग कुराकानी गर्दै चौधरीले भने–‘हामी केन्द्रको निर्देशन अनुसार अगाडि बढ्छौं । हामी सबै दल सहमतिमै अगाडि बढ्छौं । हामी माओवादी र कांग्रेसबीच जसले सरकारको नेतृत्व गरेपनि आधाआधा कार्यकाल नेतृत्व गर्ने हो । कुन पार्टीले पहिला नेतृत्व गर्ने भन्ने बारेमा चाहिँ निर्णय भइसकेको छैन । एमाले नेतृत्वको प्रदेश सरकारबाट अहिले केन्द्रका गठबन्धनमा रहेका दल बाहिरिने निश्चित भइसकेको छ ।’

 



प्रतिक्रिया दिनुहोस्