Logo

माईती इन्डीया र लब नेपालको संयुक्त प्रयासमा दुवईमा बेचिएकी नेपाली चेलीको उद्दार



काठमाडौं, ९ चैत्र । माईती इन्डीया, लब नेपाल, लबएण्ड होपको पहलमा दुवईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका स्थायी ठेगाना भएकी वर्ष २० की कल्पना (परिवर्तित नाम) लाई मानव तस्करीका गिरोहले दुवईमा पाँच लाख चार हजार नेपाली रुपैयाँमा विक्री गरेका थिए ।

उक्त मानव तस्कर गिरोहमा वर्ष ३२ का दीपक मगर, वर्ष ३० को मौसम, वर्ष ३५ को पाकिस्तानी नागरिक समीर, मिना डोल्मा लगायताको संलग्नता रहेको पीडितले बताएकी छन् । कक्षा १२ मा अध्ययनरत कल्पना घरको कमजोर आर्थिक अवस्थाको कारण वैदेशिक रोजगारीमा जाने मनस्थितिमा थिइन् । उनको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै मानव तस्करहरुले उनलाई प्रलोभनमा पारी दुवै पुर्याएर विक्री गरेको खुल्न आएको हो ।

उनलाई मानव तस्कर गिरोहले गत माघ २ गते एयर अरेबियाको जहाजमार्फत दुवै पुर्याएका थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मौसम भनिने मानव तस्कर उनलाई पुर्याउन आफैं पुगेकोसमेत खुल्न आएको छ । दुवैमा बेचिएकी उनलाई पटक–पटक यौन शोषण गरिएको र मानसिक तनाव दिएको कारण उनले आफूले काम गर्न नसक्ने बताएपछि आफू बेचिएको थाहा पाएकी थिइन् । उनलाई नेपाली रुपौयाँ पाँच लाख चार हजारमा बेचिएको र उक्त पैसा नदिएसम्म नेपाल फर्कन नसक्ने भन्दै काम लगाउने मालिकले बताएको उनले भनिन् ।

घटनाको जानकारी पाएलगत्तै स्वीडेन नागरिक जोनाथन र जोन अबलेन लभ नेपालको अध्यक्ष बालकृष्ण पाण्डे र माइती इन्डियाकी निर्देशक पुजा पाण्डेलाई उद्दारका लागि अनुरो गरेका थिए । सोही बमोजिम बालकृष्ण र पुजाको संयु्क्त टिमले परराष्ट्र मन्त्रालय, नेपाल प्रहरीको मानव बेचविखन तथा अनुसन्धान वियुरोको आवश्य समन्वयमा उनको उद्दार गरिएको हो ।

‘हामी आफैं दुवै पुगेर उनको उद्दार गरेका हौं । यसमा दुवैस्थित नेपाली दूतावास, नेपाली जनसम्पर्क समिति युएई, एनआरएन युएई लगायतको महत्वपूर्ण सहयोग रह्यो । अहिले पीडितको अवस्था एकदमै नाजुक छ । उनको स्वास्थ्य उपचार चलिरहेको छ,’– लभ नेपालका अध्यक्ष पाण्डेले रिपोर्टर्स नेपालसँग भने ।

उद्दारकर्ताहरुको निवेदनमा अहिले मानव बेचविखन तथा अनुसन्धान वियुरोले अनुसन्धान थालिसकेकोसमेत पाण्डले जानकारी गराए । पीडितले पनि जाहेरी दिने तयारी रहेको उनले बताए । स्वीडेन नागरिक जोनाथन र जोन अबलेनले उनको शिक्षा कक्षा १ देखि नै सहयोग गर्दै आएका थिए । उनी बेचिएको थाहा पाएपछि जोनाथन आफैं पनि दुवै पुगेर उद्दारमा लागिपरेको लभ नेपालमा अध्यक्ष पाण्डेले बताए । सांकेतिक फोटो 



प्रतिक्रिया दिनुहोस्