Logo

गठबन्धन भत्काउने कुनै योजना छैन :  एमाले महासचिव पोखरेल



काठमाडौं,९ चैत्र । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले अहिलेको १० दलीय गठवन्धन भत्काउने कुनैपनि योजना नबनाएको दावी गरेका छन ।

प्रेस चौतारी नेपाल दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै, एमालेले अहिलेको गठवन्धन भत्काउने र नँया वनाउने खेलमा नलाग्ले बताए ।

उनले भने ”नेकपा एमाले अब सशक्त प्रतिपक्षीको भुमिकामा रहँदै सरकारले गर्ने कामको आधारमा सरकारका समर्थन र विरोध गर्छौ ” । सरकार बनाउने र भत्काउने खेलमा लाग्दा मुलुकमा राजनितिक अस्थिरता निम्तिने भन्दै अहिले अर्थतन्त्रमा देखिएको समस्या समधानको लागी सबै राजनैतिक दलहरुबीच सहकार्य आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्