Logo

प्राथमिक तहका लागि ६ हजार १३ पदमा विज्ञापन (सूचीसहित)



काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि ६ हजार १३ पदमा विज्ञापन आह्वान गरेको छ । ८ वैशाख २०८० सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर १५ वैशाखसम्म आवेदन दिन सकिनेछ ।
१८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारहरूले आवेदन दिन सकिनेछ ।

लिखित परीक्षा सामान्य तर्फको २० जेठ २०८० मा हुनेछ । सामान्य विषयको नतिजा सार्वजनिक भएपछि विषयगत परीक्षाको मिति तोकिने आयोगले जनाएको छ ।  आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यमित शिक्षा उत्तीर्ण (कक्षा १२) वा सो सरहको परीक्षा (कम्तिमा २०० पूर्णाङ्क वा ८ क्रेडिट आवर) उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा १० महिने तालिम पूरा गरेको हुनुपर्नेछ ।

TSC



प्रतिक्रिया दिनुहोस्