Logo

मानहानी मुद्दामा गान्धीलाई दुई वर्षको जेल सजाय



एजेन्सी । भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई अपराधिक मानहानी मुद्दामा दुई वर्षको जेल सजाय तोकेको छ ।
गुजरात राज्यको सुरत जिल्ला अदालतले उक्त सजाय तोकेको  हो ।

उनले सन् २०१९ मा एउटा कार्यक्रममा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चोर उपनाम दिएका थिए ।
त्यही भाषणलाई आधारमानी अदालतमा मुद्दा दायर भएको थियो ।

एक भाषणमा गान्धीले ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है ? (सबै चोरको थर मोदी किन हुन्छ ?)’ भनी बोलेका थिए ।



प्रतिक्रिया दिनुहोस्