Logo

राष्ट्रपतिको परराष्ट्रमामिला सल्लाहकारमा चालिसे र निजी सचिवमा अधिकारी नियुक्त



काठमाडौं, ९ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलको परराष्ट्रमामिला सल्लाहकारमा डा. सुरेश चालिसे नियुक्त भएका छन्। राष्ट्रपति पौडेलले मंगलबार परराष्ट्रमामिला सल्लाहकारमा चालिसेलाई नियुक्त गरेका हुन्। उनलाई राष्ट्रपतिको सचिवालयसमेत हेर्ने गरी नियुक्त गरिएको हो ।

चालिसे अमेरिका र बेलायतका राजदूत रहिसकेका छन्। गिरिजा प्रसाद कोइरालासँग निकट रहेका काम गरेका चालिसे शालिन व्यक्तित्वको रुपमा परिचित छन् ।

यस्तै, राष्ट्रपतिको निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरिएको छ। अधिकारी यसअघि पौडेलका स्वकीय सचिव थिए। त्यस्तै, राष्ट्रपति पौडेलले प्रेस संयोजन गर्नेगरि पत्रकार खिला कार्कीलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले आफ्नो सचिवालयमा गरेको उक्त नियुक्तीलाई प्रंशसा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्