Logo

प्रदेशप्रति संघ अझैपनि अनुदार : मुख्यमन्त्री कार्की



काठमाडौं ९ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपालमा संघीयता कार्यान्वयनको पक्ष फितलो भएकोमा चिन्ता ब्यक्त गरेका छन ।

नेपाल समाजशास्त्र संघ काठमाडौं र महेन्द्र मोरङ क्याम्पस विराटनगरले आयोजना गरेको ‘नेपालमा संघीयता :  अवसर र चुनौती’ नामक कार्यक्रमलाई सम्बोधन गर्दैै कार्कीले भने ” प्रदेशप्रति संघ अझैपनि अनुदार रहेको कारण संघीयता कार्यान्वयनगर्न कठिन भईरहेको छ ”।
राजनीतिक नेतृत्वले अझैपनि प्रदेशहरुलाई अधिकार दिन कञ्जुस्याई गरिरहेको आरोप लगाउँदै उनले संघीयता प्रदेशमा अहिलेसम्म २५ प्रतिशतपनि कार्यान्वयन नभएको बताए ।

शिक्षा ऐन, प्रहरी ऐन, प्रदेश निजामती ऐन अझैपनि जारी नहुनु र संघका मन्त्रीहरुले प्रदेशका कर्मचारीलाई निर्देशन दिईनु गलत भएको उनको भनाई छ ।
उनले आर्थिक क्षेत्रमा पनि संघीयता कार्यान्वयन हुन नसकेको औंल्याए । ‘आर्थिक क्षेत्रमा अहिले पनि १५ प्रतिशत पनि संघीयता कार्यान्वयन भएको छैन’, उनले भने, ‘केन्द्रीकृत मानसिकताका कारण पनि संघीयता कार्यान्वयनमा लैजान सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्