Logo

सत्ता गठबन्धनको बैठक बालुवाटारमा



काठमाडौं, ९ चैत्र । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । सत्ताका प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेताहरु बैठकमा सहभागी रहेका छन् ।

बैठकमा माओवादीबाट शक्तिबहादुर बस्नेत सहभागी छन् । त्यसैगरी कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र जसपाबाट नेता राजेन्द्र श्रेष्ठ बैठकमा सहभागी रहेका छन् । आजको बैठकमा मन्त्रिपरिषद् विस्तारदेखि सरकारका न्युनतम् साझा नीति तथा कार्यक्रमको बारेमा छलफल हुने बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्