Logo

नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट



काठमाडौं, ९  चैत । साताको पाँचौ दिन बिहिबार नेप्से दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५।१४ विन्दुमा बन्द भएको छ ।

अघिल्लो दिन वुधबारमात्रै १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा कायम भएको थियो ।

आज ४३ लाख ४० हजार २७० कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार ८०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्