Logo

सामसङ ग्यालेक्सी ए ३४ र ए ५४ ५जी नेपाली बजारमा सार्वजनिक हुँदै



काठमाडौं, ९ चैत्र । सामसङ ग्यालेक्सी ए ३४ ५जी र ग्यालेक्सी ए ५४ ५जीको विश्वव्यापी बिक्री सुरू भएसँगै नेपाली बजारमा पनि प्रवेश पाउने भएका छन्।

नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी विश्वव्यापी रुपमा बिक्री सुरू भइसकका छन् र विशेष गरी यसमा भएका तीन लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषताहरूमा पहुँच भएकोले यसप्रति उपाभोक्ताको ध्यान आकर्षित भएको पाइएको छ।

यी दुवै स्मार्टफोनहरू तिनीहरूको प्रारम्भिक लेन्सका साथ केही अपग्रेडका साथ आएका छन्।

ग्यालेक्सी ए३४ ५जी ४८ एमपी प्राइमेरी क्यामरा र २ एमपी म्याक्रो लेन्सका साथ आएको छ भने ग्यालेक्सी ए५४ ५जीमा ५ एमपी म्याक्रो लेन्ससहित ५० एमपी प्राइमेरी रहेको छ।

दुवै फोनहरुमा ८ एमपीको अल्टा वाइड एङ्गल लेन्स जडित छ।

यी लेन्सहरूले माथि उल्लेख गरिएको नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रीकालीन फोटो/भिडियो, इन्हान्सड ओआइएस, पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफी पाउने कम्पनीले बताएको छ।

दुवै ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीलाई १२० हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएकोले यसमा भएको सुपर एमोलेड डिस्प्लेमार्फत् प्रयोगकर्ताहरूलाई उनीहरूको रोजाइमा ढुक्क हुन कम्पनीले भनेको छ।

यी फोनहरू अतुलनीय रुपमा बलिया र यसका पानी र धुलो प्रतिरोधक आइपी६७ र कर्निङ गोरिल्ला ग्लास ५ सुरक्षण र सामसङको सिग्नेचर नक्स सेक्युरिटीको साथ उपलब्ध रहेको कम्मपनीको भनाइ छ।

ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जि मा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस अपग्रेडहरूको ग्यारेन्टी पनि दिइएको छ।

यी विशेषताहरले प्रयोगकर्ताहरूलाई उनीहरूको स्मार्टफोनको जीवनचक्रलाई अधिक बनाउन पछिल्लो सफ्टवेयर र सुरक्षामा पहुँच दिनेछन्।

ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीले यसका प्रयोगकर्ताहरूको जिन्दगीमा अनुपम अनुभूति ल्याउने र अब चाँडै नै नेपालमा सार्वजनिक हुने कम्पनीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्