Logo

एसीसी प्रिमियर कपको खेलतालिका सार्वजनिक



काठमाडौं , ९ चैत्र । आगामी अप्रिल १८ देखि मे २ सम्म नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपको खेलतालिका सार्वजनिक भएको छ ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ए मा परेको छ ।
प्रिमियर कपमा एसियाका टेष्ट खेल्नेबाहेकका १० एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन् । जहाँ १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा नेपाल र ओमानसँगै मलेसिया, कतार र साउदी अरेबिया छन् ।

यस्तै समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

उद्घाटन खेल नेपाल र मलेसियाबीच अप्रिल १८ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

नेपालले दोस्रो खेल अप्रिल २१ मा ओमानसँग कीर्तिपुरमै खेल्नेछ र यो नेपालको ५० औं ओडीआई खेल हुनेछ ।
प्रिमियर कपको विजेता एसिया कपमा छनोट हुनेछ भने विजेतासहित शीर्ष तीन टोली एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्