Logo

पाटन क्याम्पसको सभापतिमा नेविसंघकी भट्ट



बैतडी, ९ चैत्र । पाटन बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विधार्थी संघ(नेविसंघ)की भागरथी भट्ट निर्वाचित भएकी छिन्।

बुधबार भएको निर्वाचनमा भट्टले अनेरास्ववियुका निरन्जन पन्तलाई पराजित गरेकी हुन्।

नेविसंघ र अखिल क्रान्तिकारीबाट साझा उम्मेद्‍वार बनेकी भट्टले ८९ मत ल्याई निर्वाचित हुँदा अनेरास्ववियुका पन्तले ७४ मत ल्याए। यस्तै, स्वतन्त्र उम्मेद्‍वार रहेका अमर राज भट्टले ५० मत प्राप्त गरे।



प्रतिक्रिया दिनुहोस्