Logo

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दिने



काठमाडौं, १० चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट समर्थन फिर्ता लिएर बाहिरिएसँगै जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह तमाङ (लामा) ले आलोपालो सरकार सञ्चालनको सहमतिमा जम्कट्टेललाई विश्वासको मत दिन लागेको बताए ।

रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने,–‘ हामी विश्वासको मत दिने पक्षमा छौं । आलोपालो सरकार सञ्चालनको सहमति बनेको छ । केन्द्रको निर्देशन पनि पालना गर्दै हामी विश्वासको मत दिन्छौं ।’



प्रतिक्रिया दिनुहोस्