Logo

राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक



काठमाडौं, १० चैत । राष्ट्रिय जनगणना ०७८ कोअन्तिम नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ [४८.९८ ]प्रतिशत र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ [५१.०२] प्रतिशत छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या ९५।५९ जना रहेको छ ।

जनगणना अवधिमा वार्षिक औसत जनसंख्या वृद्धिदर प्रतिवर्ष ०.९२ प्रतिशत रहेको छ, जुन २०६८ सालको जनगणनामा १.३५ प्रतिशत प्रतिवर्ष थियो । जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर ३.३५ प्रतिशत र सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप १. ६७ प्रतिशत रहेका छन् । फोटो /प्रदीपराज वन्त 



प्रतिक्रिया दिनुहोस्