Logo

तीन मन्त्री र एक मुख्यमन्त्रीमा माधव नेपालको दावी ,को- को छन् आकाँक्षी



काठमाडौं १० चैत्र । गत सोमवार दोस्रोपटक विश्रासको मत प्राप्त गरेका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड मन्त्रीपरिषद विस्तारको तयारीमा लागेका छन् ।

सरकार विस्तारको कसरत भईरहँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री समक्ष संघीय सरकारमा आफ्नो पार्टिले तीन मन्त्रालय र प्रदेशमा एक मुख्यमन्त्रीको दावी गरेका छन् ।

सरकार विस्तारबारे छलफल गर्न आज प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड सँग बालुवाटारमा भेट्दै केन्द्रमा तीन महत्वपुर्ण मन्त्रालय सहित कोशी प्रदेशको मुख्यमन्त्री माग गरेका हुन् ।

स्रोतका अनुसार सत्ता साझादेर अन्य दलहरुले महत्वपुर्ण पदहरु पाईसकेको, एमालेले गरेको राष्ट्रपतिको अफर अस्वीकार गरेको अन्य दलहरुले राष्ट्रपति,उपराष्ट्रपति, पाईसकेको हुदाँ अब समाजवादीले पनि सम्मानजनक हिस्सा पाउनुपर्छ भन्नेकुरा प्रचण्डलाई जानकारी गराएका छन् , त्यस्को लागी प्रचण्ड र शेर बहादुर देउवापनि सकरात्मक रहेका छन् ।

एकीकृत समाजवादीमा उपाध्यक्षद्धय राजेन्द्रप्रसाद पाण्डे , बेदुराम भुसाल तथा उपमहासचीव प्रकाश ज्वाला र नेता धन बहादुर बुढा मन्त्रीको आकाँक्षी छन् भने राजेन्द्र राई फेरीपनि कोशी प्रदेशको मुख्यमन्त्री बन्ने योजनामा छन् ।



प्रतिक्रिया दिनुहोस्