Logo

सर्वसाधरणका लागि रानीपोखरी खुल्ला, बिना टिकट अवलोकन गर्न पाईने



काठमाडौं १० चैत्र । भुकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निर्माण गरी पहिलोपटक सर्वसाधरणका लागि खुल्ला गरिएको छ ।
काठमाडौं महानगरपालिकाले सरसफाइ गरी गत बुधवारबाट रानीपोखरी सर्वसाधरणका लागि  खुल्ला  गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
रानीपोखरीमा अब सर्वसाधारण विनाटिकट अवलोकन गर्न जान पाउने भएका छन् । ‘पुनर्निर्माणपछि महानगरले बारम्बार सर्वसाधारणलाई खुलाउन पहल गर्दै आएको थियो । बुधबारबाट औपचारिक रुपमा खुले पनि आजबाट मान्छेहरु रानीपोखरीमा जान थालेका छन् ।

२०७२ को भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरुप दिइएको थियो । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन ।



प्रतिक्रिया दिनुहोस्