Logo

नागरिकताविहीन संघर्ष समितिको मेची–महाकाली अभियान सुरु



काठमाडौं, १० चैत्र । नागरिकताविहीन संघर्ष समिति नेपालले मेची महाकाली हस्ताक्षर अभियान सुरु गरेको छ । आज (शुक्रबार) देखि सुरु भएको अभियानमा नागरिकता विधेयक तत्काल प्रमाणीकरण र नेपालको संविधानको धारा १० र ११ को उपधाराहरु ३ र ५ अक्षरस कार्यान्वयनको माग गर्दै मेची महाकाली हस्ताक्षर अभियान सुरु गरेका हुन् ।

जन्मको आधारमा नागरिकता पाएका नेपाली आमाबाबुका करिब ११ लाख सन्तानहरु नागरिकताबाट बञ्चित हुनुपरेको संघर्ष समितिको भनाई छ । आमाबाबु नेपाली नागरिक भएरपनि कानुन अभावको कारण आफ्ना सन्तानलाई नागरिकता दिन नसक्ने अवस्था आउनु गम्भीर विषय भएको संघर्ष समितिको बुझाई छ ।

विगत २ वर्षदेखि संघर्ष समितिले जन्मसिद्ध नागरिकता प्राप्त व्यक्तिको सन्तान र एकल आमाका सन्तानहरूलाई लगायत नागरिकता विद्येयक पास गराउनका लागि विभिन्न चरणबद्ध रूपले सडक आन्दोलन लगायत सरोकारवालालाई ज्ञापनपत्र बुझाउने जस्ता क्रियाकलाप गर्दै आएको छ ।संघर्ष समितिले कानूनी बाटोबाट नै समस्याको समाधान खोज्ने निश्कर्ष निकालेको हो ।

संघर्ष समितिले मुद्दा हाल्नेगरि तयारी थालेको छ । त्यसको लागि आजदेखि मेचीदेखि महाकाली यात्रा गर्ने र सो यात्रामा प्रमाणपत्र संकलन गरी सर्वोच्च अदालतमा एकैपटक मुद्दा हाल्ने तयारी गरेको हो । समितिले देशव्यापी रुपमा प्रमाण संकलन गरी मुद्दा हाल्दा सर्वोच्च अदालत पनि छिट्टै फैसला गर्न बाध्य हुने विश्वास लिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्