Logo

गौतम डंगोल ‘सन्देश’को ‘स्वर्गसरी इलाम’



काठमाडौं, १० चैत्र । गीतकार गौतम डंगोल ‘सन्देश’ को शब्द श्रृजना रहेको ‘स्वर्गसरी इलाम’ बोलको गीत सार्वजनिक भएको छ । पर्यटकीय नगरी इलामको सुन्दरताको वर्णन गरिएको डंगोलको सो गीत युट्युबमा सार्वजनिक भएको हो ।

गीतलाई संगीतकार भीषण निरौलाले लयबद्ध गरेका हुन् भने प्रदिप श्रेष्ठले वाद्य संयोजन गरेका हुन् । भिषण निरौला र झुमा निरौलाको सुमधुर स्वरबाट सुसज्जित गरिएको छ । गीतको अडियो रेकर्डिङ्ग ७ वर्ष पहिले गरिएको गीतकार सन्देशले बताए ।

ललितपुरका रैथाने डंगोलले इलाम बसाईका क्रममा इलाम तथा इलामेलीहरुको विषयमा बनेको धारणालाई गीत मार्फत प्रस्तुत गरेका छन् । प्राकृतिक सुन्दरताले भरपुर इलामलाई स्वर्ग संग तुलना गरिएको छ ।भने ब्रम्हाण्डमा वास्तवमै स्वर्ग अस्तित्वमा छ भने पक्का पनि त्यो इलाम जस्तै हुनुपर्छ भन्ने सरल मनोआंकलन गरिएको छ ।

यसैगरी भिडियालाई अञ्जन शर्माको निर्देशनमा कलाकार तथा प्राविधिकहरु सम्मीलित १५ जनाको टोलीको पस्तुती रहेको छ । भने सन्तोष पोखरेल आदित्य र ज्ञान कमार कट्टेलको सहायक निर्देशन, राम के।सी।को सिनेमाटोग्राफी, राकेश दहालकोे ईडिट, विवस रेग्मी, दिपक पराजुली, सम्झना सापकोटा र मीनु कुमाईको अभिनय तथा ललितपुर, सुनाकोठीका रैथाने किरण महर्जन “सिंह” को निर्माण रहेको छ ।

कन्याम, फिक्कल, पशुपतिनगर, श्रीअन्तु, आइतवारे, मंगलवारे, साखेजुङ्ग, सन्दकपुर, माईपोखरी, देउराली, माईखोला, पुवाखोला, नाम्सालिङ, नयाँ बजार जस्ता प्राकृतिक सुन्दरताले सुसजित ठाउँहरुको सिलसिलेवार वर्णन गरिएको यस गीतमा पाथीभरा, पञ्चकन्या, सेतीदेवी तथा नारायणस्थान जस्ता धार्मिक आस्थाका हिसावले अत्यन्त महत्वपूर्ण ठाउँहरुलाई विशेष महत्वका प्रस्तुत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्