Logo

कुँवरलाई आइजीपी बनाउन देउवाको फोन प्रचण्डलाई



काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको महानिरीक्षक(आइजीपी)मा बसन्त बहादुर कुवँरलाई नियुक्त गर्न दबाब दिएका छन्।

सभापति देउवाले आइजीपी टुङ्गयाउन मन्त्रिपरिषद्‍ बैठकबस्नु अघि प्रधानमन्त्री दाहाललाई फोन गर्दै नयाँ आइजीपीमा कुँवरलाई नियुक्त गर्न भनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

तर माओवादीका केही नेताहरु एमालेनिकट मानिने श्यामलाल ज्ञवालीलाई आइजीपी नियुक्त गर्न लागीपरिरहेका छन्।

आज मन्त्रिपरिषद् बैठकले शनिबारदेखि नेतृत्व लिनेगरी आईजीपी नियुक्त गर्ने छ।



प्रतिक्रिया दिनुहोस्