Logo

आइजीपी नियुक्तिको सकसमा प्रधानमन्त्री, गठबन्धनका नेताहरुसँग बेग्लाबेग्लै छलफल गर्दै



काठमाडौं, १० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ प्रहरी महानिरीक्षक(आइजीपी) नियुक्तको मुखैमा अप्ठ्यारोमा परेका छन्।

नयाँ आइजीपी नियुक्तिका लागि मन्त्रिपरिषद्‍को बैठक बस्नुअघि प्रधानमन्त्री दाहाललाई गठबन्धनका दलहरुले आफ्नो स्वार्थ अनुरुप आइजीपी नियुक्त गर्न दबाब दिइरहेका छन्।

सोही दबाबका कारण प्रधानमन्त्री सत्तारुढ १० दलीय गठबन्धनका शिर्ष नेताहरुसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालयमा बेग्लाबेग्लै छलफल गरिरहेका छन्।

नेपाली कांग्रेसले नयाँ आइजीपीमा बसन्त बहादुर कुँवरलाई नियुक्त गर्न दबाब दिएको छ भने माओवादी भित्रका केही नेताहरु एमालेनिकट मानिने श्यामलाल ज्ञवालीलाई आइजीपी नियुक्त गर्न दबाब दिइरहेका छन्।

यस्तै, अन्य दलहरुपनि आफू निकट व्यक्तिहरुलाई आइजीपी नियुक्त गर्न दबाब दिइरहेकै बेला प्रधानमन्त्री दाहाल गठबन्धनका शिर्ष नेताहरुसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन्।

छलफलपछि आजै ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले शनिबारदेखि नेतृत्व लिनेगरी आईजीपी नियुक्त गर्ने छ।



प्रतिक्रिया दिनुहोस्