Logo

क्रिकेटर आसिफलाई पनि दुई लाख दिने मधेश सरकारको घोषणा



काठमाडौं १० चैत । मधेश प्रदेश सरकारले आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्ने नेपाली क्रिकेट टिमका सदस्य आसिफ शेखलाई दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।

बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लबले यसै साता आसिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश र देशको शीर ठाडो पार्ने आसिफलाई सो रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।
यसअघी प्रदेश सरकारले क्रिकेट टिमका दुई खेलाडी आरिफ शेख र गुल्सन झालाई पनि दुई दुई लाख दिने घोषणा गरिसकेको छ । उक्त घोषणामा आसिफको नाम छुटेको भन्दै प्रदेश सरकारको तिब्र आलोचना हुँदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस्