Logo

राहुल गान्धीको सांसद् पद खारेज



काठमाडौं १० चैत । आपराधिक मानहानि मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको एक दिनपछि भारतीय कांग्रेसका नेता राहुल गान्धी शुक्रवार लोकसभाबाट अयोग्य घोषित भएका छन। लोकसभा सचिवालयले एक सूचना जारी गर्दै उनको सांसद पद रिक्त भएको जनाएको छ ।

सन् २०१९ को यो मामला राहुल गान्धीले ‘मोदी थर’ को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ, जसमा उनले नीरव मोदी, ललित मोदी र अन्यको नाम लिएका थिए र भनेका थिए, ‘सबै चोरको उपनाम कसरी मोदी भयो ?



प्रतिक्रिया दिनुहोस्