Logo

कोशी प्रदेश सरकार टिकाउन एक जना सांसद खोज्दै ओली



काठमाडौं, १० चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जसरी पनि कोशी प्रदेश सरकार टिकाउने बताएका छन् । शुक्रबार झापामा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार नढल्ने बताएका हुन् ।

राप्रपा एमालेको समर्थनमा रहेको बताउँदै उनले अब एक जना सांसद खोजेर आफूहरुले अहिलेकै सरकारलाई निरन्तरता दिने बताएका हुन् ।

‘हामी कोशी प्रदेश सरकार टिकाउँछौं । एमालेसँग ४० सिट छ । राप्रपासँग ६ वटा छ । एउटा हामी खोज्छौ । राप्रपाले हामीलाई साथ दिन्छ,’– उनले भने ।

साथै, अहिलेको १० दलीय गठबन्धनबाट एमालेलाई एक्ल्याउने खेल भएको उनले बताए । कोशीमा एमाले बाहेक अरुको नेतृत्वमा सरकार जानै नसक्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्