Logo

मुख्यमन्त्री जम्कट्टेललाई एमालेसहित तीन दलले दिएनन् विश्वासको मत



काठमाडौं, १० चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । सरकारमा सहभागी भएको दल राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री जम्कट्टेलले पुनः आज विश्वासको मत लिएका हुन् । एमाले पनि आजै बागमती सरकारबाट बाहिरिएको छ ।

मुख्यमन्त्री जम्कट्टेललाई राप्रपा, नेपाल मजदुर किसान पार्टी र एमालेले विश्वासको मत दिएनन् । जम्कट्टेलको पक्षमा नेकपा (माओवादी केन्द्र) नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी ले मत दिए ।



प्रतिक्रिया दिनुहोस्