Logo

प्रचण्ड भेट्न बालुवाटार पुगे महन्थ ठाकुर



काठमाडौं १० चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।सरकारमा सहभागिता, उपनिर्वाचनलगायतको विषयमा छलफल गर्न अध्यक्ष ठाकुर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

उनका साथमा वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्ला पनि पुगेका छन् ।
लोसपाले हिजोमात्रै सम्मानजनक हैसियतमा मात्र सरकारमा जाने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्