Logo

वसन्त कुँवरलाई आईजिपी बनाउन गृहमन्त्रालयको प्रस्ताव, मन्त्रिपरिषद्ले निर्णय गर्दै



काठमाडौं, १० चैत्र । गृहमन्त्रालयले एआईजी वसन्त कुँवरलाई आईजिपी नियुक्त गर्न प्रस्ताव गरेको छ ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयको तर्फबाट सो प्रस्ताव आएको हो । कुँवर डिआईजीबाट एआईजीमा बढुवा हुँदा पहिलो वरियतामा थिए ।

उनी प्रहरी प्रवक्ताको भूमिकासमेत रहिसकेका छन् । कुँवरलाई आईजिपी बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाको चाहना थियो ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोन गरेर कुँवरलाई आईजिपी बनाउन आग्रह गरेको समाचार बाहिरिएको थियो ।

आईजिपी बन्ने दौडमा एआईजी श्यामलाल ज्ञवालीपनि रहेको चर्चा छ । उनी वरियताको चौथो नम्बरमा छन् ।



प्रतिक्रिया दिनुहोस्