Logo

कोका–कोला र डोको रिसाइक्लरद्वारा काठमाडौं र भरतपुरमा पिइटी सङ्कलन बिनहरू राखिँदै



काठमाडौं,१० चैत्र । विश्व रिसाइक्लिंग दिवसको अवसर पारेर कोका–कोला नेपाल र डोको रिसायकलर्सको संयुक्त पहलमा काठमाडौं उपत्यका र भरतपुरमा १५ वटा जानकारी मूलक पीईटी कलेक्सन बिनहरु राखिएको छ । रिसाइकल प्रक्रियामार्फत पीईटी बोतलहरूलाई पुन प्रयोग गर्न योग्य बनाउन सकिन्छ भन्ने जनचेतनामुलक सन्देश सर्वसाधारण माझ पु¥याउने उद्देश्यका साथ यस परियोजनाको सुुरुवात गरिएको हो । अगस्ट २०२० मा स्थानीय अधिकारीहरूको सहयोगमा सुरु भएको यस संयुक्त परियोजना “रिफ्रेस एण्ड रिसायकल“ PET बोतल सङ्कलन अभियानको दोस्रो चरण हो ।धेरै मानिसहरुको जमघट हुने र पेट बोतलहरु बढी फालिने काठमाडौंका ९ स्थान र भरतपुरका ६ स्थानहरुमा यी बिनहरू राखिने छ ।

डोको रिसायकलर्सका सह–संस्थापक राघवेन्द्र महतोले भने– ‘रिफ्रेस एण्ड रिसायकल २०२३’ एउटा परियोजना मात्र नभइ एउटा परिवर्तन हो । एउटा यस्तो परिवर्तन जसमा हामी प्रत्येक नेपालीलाई यो सिकाउन सकौँ । पिइटि बोतलहरु यसरी संकलन गरेर रिसाइकल गर्न सकिन्छ । जसले गर्दा बातावरणमा पर्ने नकरात्मक असरहरु थोरै भए पनि कम गर्न सकिन्छ ।’

कोका–कोलाको वर्ल्ड विदाउट वेष्ट जस्तो विश्वव्यापी अभियानमा सहकार्य गर्न पाएकोमा आफूहरुलाई खुसी लागेको उनले बताए । यसरी संकलन गरिएका सबै PET बोतलहरू भक्तपुरको सानोठिमीस्थित मटेरियल रिकभरी सुविधामा रिसाइकल गरिने पनि उनले जानकारी गराए ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपक सेन्थिलले भने– ‘कोका–कोलाले वर्ल्ड विदाउट वेष्टको विश्वव्यापी प्रतिबद्धताका साथ विश्वभर विभिन्न रिसाइक्लिङ्ग र पुनः प्रयोग सम्बन्धि परियोजनाहरु सञ्चालन गरिरहेको छ । हामीले सन् २०३०सम्ममा विश्वभरि आफ्नो प्याकेजिङको शतप्रतिशत बराबरको अन्य खाली बोतल र प्याकेजिङहरु सङ्कलन र पुनः प्रयोग गर्ने प्रतिबद्धता गरेको छौँ ।’

दीगोपनप्रतिको प्रतिबद्धताको एक भागको रूपमा काठमाडौं उपत्यका र भरतपुरका धेरै जनघनत्व हुने स्थानहरूमा एभ्त् रिसाइक्लिङ बिनहरू राखिने उनले बताए ।

भाटभटेनी सुपरमार्केट पाटनकी स्टोर म्यानेजर मुना राईले भनिन्– ‘सर्वप्रथम त विश्व रिसाइक्लिंग दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु । जसरी स्वच्छ वातावरणमा बाँच्न पाउनु हाम्रो अधिकार हो, त्यसै गरी आफु वरीपरीको वातावरणलाई सफा राख्नु पनि हाम्रो दायित्व हो । कोका–कोला बेभरेजसँग हामीले लामो समयदेखि सहकार्य गर्दै आएका छौं र BBSM, पाटनमा पनि यस सहकार्यको लागि पहल गरेकोमा डोको रिसाइकलर्सप्रति हामी आभार व्यक्त गर्न चाहन्छौं ।’

रिफ्रेस एन्ड रिसाइकल अभियानले सर्वसाधारणहरुलाई आफुले प्रयोग गरिसकेको पिइटि बोतलहरु यी कलेक्सन बिनहरुमा फ्याँक्न प्रोत्साहन गरेको छ । त्यस्तै यी बिनहरुमा बोतल फ्याँक्नु अगाडि ती बोतलहरु भर्खरै प्रयोग गरिएका अथवा सफा, खाली र सकेसम्म क्रस गरेर (कुच्याएर) फाल्न पनि अनुरोध गरिएको छ । यी बिनहरुमा कस्तो बोतल फ्याँक्न मिल्छ, तिनीहरुलाई कसरी फ्याँक्न मिल्छ र त्यसरी फालिएका बोतलहरु कसरी रिसाइकल गरिन्छन् भनेर पनि जानकारीहरु राखिएका छन् । पिइटि प्लास्टिकहरु सुरक्षित, हलुका, किफायती, पारदर्शी, पुन आकार दिन मिल्ने र शत प्रतिशत रिसाइकल गर्न मिल्ने किसिमका हुन्छन् । फालिएका पिइटि बोतलहरु फोहोरको रुपमा वर्गिकरण हुँदैनन् र यिनिहरुको आफ्नै महत्व हुन्छ ।

यी बिनमा संकलन भएका बोतलहरु प्रत्यक हप्ता डोको रिसाइक्लरले संकलन र वर्गीकरण गरेर रिसाइक्लिङको लागि पिइटि रिकभरी प्लान्टमा पठाउँछ । पिइटि सामानहरु रिसाइकल गरेर नयाँ बोतलहरू, कन्टेनरहरू लगायत कपडा र कार्पेटको लागि फाइबरको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यस्ता बिनहरुबाट डोको रिसाइक्लरले हालसम्म करिब २१९५ केजी पिइटि बोतलहरु संकलन र रिकभर गरिसकेको छ ।

सन २०१८ मा कोका–कोलाले २०३० सम्ममा आफुले उत्पादन गर्ने सबै बोतल र क्यानहरू बराबरका खाली क्यान र बोतलहरु सङ्कलन र रिसाइकल गर्ने उद्देश्यका साथ वर्ल्ड विदाउट वेष्टको घोषणा गरेको थियो । यही विश्वव्यापी कार्यक्रमको उद्धेश्यलाई आत्मसात गर्दै कोका–कोला नेपालले पनि आगामी दशक सम्ममा वर्ल्ड विदाउट वेष्टको लक्ष्य प्राप्ती गर्ने उद्घेश्य सहित नगरमित्र, रिसाइक्लर साथी, र रिफ्रेश एन्ड रिसाइकल जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्