Logo

नेपाल प्रहरीको महानिरीक्षकमा बसन्त कुँवर



काठमाडौं, १० चैत्र । मन्त्रिपरिषद्‍ बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा बसन्त बहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ।

अहिले सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको नयाँ आइजीपीमा कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकमा कुँवरलाई आइजीपी बनाउने गृह मन्त्रालयको प्रस्तावलाई स्विकृती दिने निर्णय भएको संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अमनलाल मोदीले जानकारी दिए।

कुँवर डिआईजीबाट एआईजीमा बढुवा हुँदा पनि पहिलो बरियतामा थिए।

उनी प्रहरी प्रवक्ताको भूमिकासमेत रहिसकेका छन्। कुँवरलाई आईजीपी बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाको चाहना थियो।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोन गरेर कुँवरलाई आईजीपी बनाउन आग्रह गरेको समाचार बाहिरिएको थियो।



प्रतिक्रिया दिनुहोस्