Logo

इस्लाम धर्मावलम्वीहरुको पर्व रमजान सुरु (फोटोफिचर)



काठमाडौं, १० चैत्र । इस्लाम परम्पराको एक महिने रमजान ‘रोजा’ (व्रत) सुरु भएको छ । हिजरी (उर्दू) संवत्को ‘सवान’ महिना अन्त्य हुनुसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) गरेर यस वर्षको रमजान सुरु भएको हो ।

‘सवान’ महिना सकिनासाथ पहिलो पटक चन्द्रमा देखिएपछि तत्काल ‘तराबी’ नमाज (विशेष प्रार्थना) गरेर भोलिपल्टदेखि रमजान सुरु हुने इस्लाम परम्परा छ । सोअनुसार बिहीबार साँझ ‘तराबी’ सम्पन्न गरेका इस्लाम धर्मावलम्बीले आज ‘रोजा’ सुरु गरेका हुन् । हिजरी संवत् परम्परामा चन्द्र उदयको गणनाले महिना प्रारम्भ हुन्छ ।



प्रतिक्रिया दिनुहोस्