Logo

आइजीपीमा नियुक्त हुनेबित्तिकै प्रधानमन्त्री भेट्न सिंहदरबारमा कुँवर



काठमाडौं, १० चैत्र । नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

अहिले भर्खरै सम्पन्न मन्त्रिपरिषद्‍ बैठकले आइजीपीमा कुँवरलाई नियुक्ती गर्ने निर्णय गरेसँगै उनी प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबार पुगेका हुन्।

आइजीपी कुँवरले प्रधानमन्त्री दाहाललाई निर्णयका लागि धन्यावाद र प्रधानमन्त्री दाहालले कुँवरलाई बधाई दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

केहीबेर अघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको नयाँ आइजीपीमा कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

 



प्रतिक्रिया दिनुहोस्