Logo

उपसभापति खड्कासँग निर्णायक छलफलमा सभापति देउवा, आजै मन्त्रीहरुको नाम फाइनल गर्ने



काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम तय गर्नको लागि निर्णायक छलफल थालेका छन् । सभापति देउवाले अहिले उपसभापति पूर्णबहादुर खड्कासँग छलफल थालेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज÷भोलिभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको बेलामा कांग्रेसले पनि पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम तय गर्न छलफल थालेको हो । सभापति देउवाले उपसभापति खड्काको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउन चाहेका छन् ।

तर, खड्काले भने आफू अहिले सरकारमा जान इच्छुक नभएको बताउँदै आएका छन्। सभापति देउवाले आजै पार्टीबाट क कसलाई मन्त्री बनाउने भन्नेबारे निर्णय लिने भएका छन् ।

कांग्रेसबाट मन्त्री बन्न दौडमा प्रकाशरण महत, एन.पी साउद, दीपक खड्का, किशोरसिंह राठौर, सिता गुरुङ, डिकबहादुर लिम्बु, सुनिल शर्मा, धनराज गुरुङ, मोहनबहादुर बस्नेत, रामहरि खतिवडा, विनोद चौधरी, उदयशमशेर जबरा रहेका छन् । कांग्रेसले ८ देखि १० मन्त्रालयमा दाबी गरेको छ । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्