Logo

कोटेश्वर बहुमुखी क्याम्पसको स्ववियु सर्वसम्मत, सभापतिमा नेविसंघका बुढाथोकी



काठमाडौं, १०, चैत्र । कोटेश्वर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । आज (शुक्रबार) स्ववियुमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठनका सञ्जय बुढाथोकी चयन भएका छन् ।

कोटेश्व बहुमुखी क्याम्पसमा गत चैत्र ५ मा स्ववियु निर्वाचन हुनसकेको थिएन् । आन्तरिक विवादका कारण स्ववियु निर्वाचन हुन नसके पनि अन्ततः सर्वसम्मत नेतृत्व चयन भएको हो । नेविसंघ अहिलेसम्म पहिलो स्थानमा रहेको छ । नेविसंघका नेता सुदीप शर्माका अनुसार अहिलेसम्म नेविसंघले १ सय २७ स्थानमा जित हासिल गरिसकेको छ ।

 



प्रतिक्रिया दिनुहोस्