Logo

गठबन्धन दलका कारण प्रधानमन्त्री प्रचण्ड तनावमा



काठमाडौं, १० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढ गठबन्धन दलमा सहमति जुट्न सकेको छैन । नेपाली कांग्रेसले सबैभन्दा बढी मन्त्रालयमा दाबी गर्दै आएको छ । कांग्रेसले अर्थ र परराष्ट्र मन्त्रालयसहित १० वटा मन्त्रालयमा दाबी गरिरहेको छ ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) ले तीन मन्त्रालय र एक प्रदेश मुख्यमन्त्री आफूले पाउनु पर्ने माग कायम राखेको छ । जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरुलेसमेत मन्त्रीका लागि लविङ गरिरहेको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड सत्ता गठबन्धनका दलहरुले मन्त्रिपरिषद् विस्तारमा गरेको दाबीका कारण निर्णयमा पुग्न सकेका छैनन् । लामो समयदेखि उनको प्रधानमन्त्रीको जिम्मामा १६ वटा मन्त्रालय छ । १६ वटा मन्त्रालय स्वयम् प्रधानमन्त्रीको जिम्मामा हुँदा मन्त्रालयको दैनिक काम कारबाही नै प्रभावित बनेको छ ।



प्रतिक्रिया दिनुहोस्