प्रचण्ड नेतृत्वको सरकारलाई ओलीको हिन्दी उखान-‘भैँसके आगे बीन बजाए, भैँस रहे पगराए’


काठमाडौं, १० चैत्र । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई सुझाव दिनु भनेको भैंसीको अगाडि बीन बजाउनुजस्तै भएको बताएका छन्।

आज (शुक्रबार) राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई सुझाव दिनु भनेको भैँसीको अगाडि बीन बजाए जस्तै भएको बताएका हुन्।

‘हुन त अहिलेको सरकारलाई सुझाव दिने भनेको हिन्दी उखान, भैँसके आगे बीन बजाए, भैँस रहे पगराए भनेजस्तै छ। भैँसीको अगाडि बीन बजायो भने उग्राएर बस्छ। त्यो केही मतलब राख्दैन। त्यस्तै हो। अहिलेको सरकारलाई सुझाव दिने कुरा पनि। हिजो लुटेर लिएर जुत्ता लगाउनु र आज भन्सारतिरबाट लुट फर्स्योट गर्नु एउटै कुरा हो’-उनले भने।