Logo

आज कहाँ–कहाँ वर्षा ?



काठमाडौं, चैत ११ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावका कारण आज सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका पाहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।

त्यस्तै, आज दिउँसो भने कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ ।

त्यस्तै, कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना भएकोसमेत महाशाखाले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस्