Logo

एमाले नेता सिलवालको आरोप– ‘प्रचण्ड र देउवाको गठबन्धनमा ठूला–ठूला चलखेल हुन्छन्’ (भिडियोसहित)



काठमाडौं, ११ चैत्र । नेकपा (एमाले) का नेता एवं पूर्व सांसद नवराज सिलवालले नवनियुक्त प्रहरी प्रमुख बसन्त बहादुर कुँवर अत्यन्त व्यवसायिक, इमानदार र अनुशासित व्यक्तित्व भएको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारले यस पटक योग्य व्यक्तिलाई प्रहरी प्रमुखमा नियुक्ति गरेको बताएका हुन् ।

‘बसन्त बहादुर कुँवर असाध्यै व्यवसायिक अधिकृत हुन् । उहाँसँग काम पनि गरेको छु । निष्ठापूर्वक संगठनको पक्षमा र कानुनको स्प्रीट अनुसार चल्ने व्यवसायिक, अनुशासित र मुलुकलाई माया गर्ने लेवलको अधिकृत बसन्त कुँवरको नियुक्ति भएको छ । राम्रो भएको छ,’– उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन हुँदा यहाँ ठूला–ठूला चलखेल हुने गरेको उनको दाबी छ । अपवादमा यस पटक चाहिँ योग्य र अनुशासित व्यक्तिलाई सहज ढंगले नियुक्ति गरिएको उनले बताए ।

‘प्रचण्ड र देउवाको गठबन्धन हुँदा यहाँ ठूला–ठूला चलखेल हुन्छन् । पैसादेखि लिएर अनेक खाल्का हुन्छन् । यसपालि चाहिँ सहज ढंगले एउटा अनुशासित मान्छेलाई प्रमुख बनायो भन्ने लाग्छ,’– उनले भने ।

सिलवाल पूर्व प्रहरी नायब महानिरीक्षक हुन् ।



प्रतिक्रिया दिनुहोस्