Logo

लायन्स क्लब डिष्ट्रिक्ट ३२५ जे को महाधिवेशन उद्घाटनमा प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)



काठमाडौं, ११ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरूलाई दूरदराजमा पुर्याउन आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौँमा लायन्स क्लब डिष्ट्रिक्ट ३२५ जे को महाधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्रीले सामाजिक रूपान्तरणको आन्दोलनमा योगदान पुर्‍याउन सामाजिक संस्थाहरुको सञ्जाल दूरदराजसम्म पुग्न आवश्यक रहेको उनले बताए ।

‘शहरकेन्द्रित शैक्षिक युवाहरूमा मात्र होइन, दूरदराजमा रहेका, परिवर्तनप्रति अभिरूचि राख्ने, सामाजिक रूपान्तरणको आन्दोलनमा योगदान पुर्‍याउनसक्ने बिपन्न, सीमान्तकृत, महिला, दलित, जनजाति, मधेशी लगायत सबै वर्ग र समुदायका युवासम्म पुगेर उनीको नेतृत्व विकास गर्ने नीति र कार्यक्रमको आवश्यकता छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यका आधारमा देशमा विद्यमान राजनीतिक–आर्थिक चुनौतीहरू छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्पवद्ध रहेकोसमेत बताए । Photo By: Mukunda Kalikote/Reporers Nepal 



प्रतिक्रिया दिनुहोस्