Logo

‘छौ कि दोधारमा’ सार्वजनिक



काठमाडौं, १० चैत्र । ‘छौ कि दोधारमा’ नामक आधुनिक गीत सार्वजनिक भएको छ।

डा बिष्णु मुर्ती भट्टराईको शब्द र श्रीधर अधिकारीको संगीतमा रहेको गीतमा गायिका एलिना चौहान र स्वयं शब्द संकलक भट्टराईको स्वर रहेको छ।

उक्त गीतको भिडियोमा पेशाले मुटु रोग विशेषज्ञ रहेका डा लक्ष्मण दुबे र रेडियोलोजिष्ट डा रिद्धी अधिकारीले अभिनय गरेको छन्।

भिडियोको छायांकन राम केसीले गरेका हुनभने सम्पादन सुजन कोइरालाले गरेका छ्न।

उक्त गीतको निर्देशन पनि गीतकार स्वयं भट्टराईले नै गरेका हुन्। पेशाले शल्यचिकित्सक भट्टराईको गीत लेखनमा विशेष रुची छ।



प्रतिक्रिया दिनुहोस्