Logo

सिमरा ‘सेजुलाई औद्योगिक क्षेत्र बनाऊन निजीक्षेत्रको माग



बारा, चैत १२ । बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) लाई औद्योगिक क्षेत्रमा रूपान्तरण गर्न निजीक्षेत्रले माग गरेको छ । सेजसम्बन्धी कानूनी व्यवस्थामा सेजमा सञ्चालित उद्योगले अनिवार्य रूपमा निकासी गर्नुपर्ने अव्यावहारिक प्रवाधान राखिएकाले उद्यमी आकर्षित नभएको वीरगञ्ज उद्योग वाणिज्य संघले बताएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखरै सिमरा सेजलाई अन्य औद्योगिक क्षेत्रसरह सञ्चालनमा ल्याउन आग्रह गरेका हुन् ।

सेजमा खुलेका उद्योगले अनिवार्य रूपमा निकासी गर्नुपर्ने प्रावधान राखिएको र नेपालमा स्थायी रूपमा निकासीयोग्य उत्पादन नभएकाले लगानीकर्ता आकर्षित नभएको उपाध्यक्ष गौतमले दाबी गरेका छन् । सरकारले पटकपटक आ≈वान गर्दा पनि सिमरा सेजमा अपेक्षित उद्योग आएका छैनन् ।

सेजमा स्थापना भएका उद्योगले आफ्नो उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्छ । यसअघि उद्योग स्थापनाकै वर्ष उक्त परिमाण निकासी गर्नुपर्ने प्रावधान राखिएकोमा सोही प्रावधानका कारण लगानीकर्ता नआएको ठहरपछि उत्पादनको पहिलो वर्ष २०, दोस्रो वर्षदेखि ४० र त्यसपछिका वर्षमा ६० प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान राखिएको छ । यसमा पनि निजीक्षेत्रको असन्तुष्टि छ ।

सरकारले २०६२ सालदेखि सञ्चालनको योजना ल्याएको वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरको सिमरामा पर्ने सेज अभैm लगानीकर्ताको रोजाइमा पर्न सकेको छैन ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणले पटकपटक आह्वान गर्दा पनि सेजमा अपेक्षित प्रस्ताव नआएपछि बारा–पर्साका उद्योगीहरूले सेजमा आन्तरिक बजार लक्षित उद्योगलाई पनि सञ्चालन अनुमति दिनुपर्ने माग गरेका हुन् ।

बारा–पर्सा कोरिडोरमा नयाँ उद्योगका लागि जग्गा पाउन कठिन बन्दै गएकाले ८३३ बिगाहा जग्गा उपयोग गर्न सकिने सेजलाई औद्योगिक क्षेत्रका रूपमा उपयोग गरिनुपर्ने माग निजीक्षेत्रले गरेको हो ।

सरकारले केही वर्षअघि सिमरा सेजमै गार्मेन्ट प्रोसेसिङ जोन (जीपीजेड) तयार पारेकोमा लगानीकर्ताले रुचि नै नदेखाएपछि यो पूर्वाधार खारेज भइसकेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्